२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रदेश १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज

प्रदेश १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज

माघ २२, काठमाण्डौं ।
प्रदेश नम्बर १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश नम्बर १ को बिराटनगर र ४ को पोखरामा बैठक बस्नेछ ।

पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशनआह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधी २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ ।

प्रदेश नम्बर १ का सबै जिल्लाका प्रदेश सांसदहरु बिराटनगर पुगिसकेका छन् । प्रदेशसमाको पहिलो बैठकका लागि बिराटनगरमा तयारी सकिएको छ । यस्तै प्रदेश नम्बर ४ को पहिलो बैठकका लागि ४ नम्बर प्रदेशका सबै जिल्लाका सांसद पोखरा पुगिसकेका छन् ।

यसअघि हिजो ४ प्रदेशको प्रदेशसभा बैठक बसेको थियो ।प्रदेश नम्बर २, ५, ६ र ७ को प्रदेशसभा बैठकमा सांसदहरुले समृद्धिमा जोड दिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।