माघ २७, काठमाण्डौं ।
सरकारले भूकम्प प्रभावितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थपेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पप्रभावितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो ।

दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै छुट्ने भएपछि प्राधिकरणले समायवधि थपेको सीइओ युवराज भुसालले जानकारी दिनुभयो । उहाँले पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार ५ सय ७७ पुगेको जानकारी दिनुभयो । धादिङ जिल्लामा भने ६७ हजार २ सय २५ जनाले आवास अनुदानको पहिलो किस्ता रकम लिइसकेका छन् ।

पहिलो किस्ता लिइ गत पुस मसान्त सम्ममा २५ हजार प्रभवितले घर निर्माण सम्पन्न गरिसकेका छन् । यस्तै घर निर्माण सम्पन्न भइसकेका र निर्माण गरिरहेका ११ हजार ४ सय ५२ प्रभावितले मात्र दोसा्रे किस्ताको रकम लिइसकेको सहरी विकास  तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments