
माघ २६-
आइसीसीविश्वक्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आजओमनको सामनागर्नेछ ।नामिबियामाजारी प्रतियोगितामा नेपाललगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले हिजो आयोजकनामिबियालाई १ विकेटले हराएको थियो ।
ओमनभने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले पराजितभएको थियो । नामिबियाको राजधानी विन्डहकमा हिजो घरेलु टोलीले दिएको १३९ रनको चुनौती नेपालले खेलमाचार बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालकाबसन्त रेग्मीले संयमतापूर्वक ब्याटिङ गर्दै अविजित २४ रन जोडेपछि नेपालविजयीभएको हो ।
नेपालको जितमा शरद भेषावकरको २९ रन पनि महत्वपूर्ण रह्यो । यसअघि पहिले ब्याटिङ गरेको नामिबियालाई सस्तैमा रोक्न नेपालका स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै, सोमपालकामीले ३ तथाबसन्त रेग्मी, पारस खड्का र सरद भेषावाकरले १–१ विकेट लिएपछि आयोजकनामिबिया ३४ ओभर २ बलमा १३८ रनमै समेटिएको हो ।
नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागीप्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिनाजिम्बाबेमाहुने एक दिवसीयविश्वकपक्रिकेटको छनौट प्रतियोगितामाप्रतिस्पर्धा गर्नेछन् ।