धादिङको नीलकण्ठ नगरपालिका–९ काफलपानीका स्थानियहरुले खानेपानी व्यवस्थापनको लागि माग राख्दै आज नगरपालिकालाई माग पत्र बुझाएका छन् ।

वडा सदस्य छनुमाया गुरुङ सहित स्थानियहरुले नगर प्रमुख भिमप्रसाद ढुङ्गानालाई ७ वटा बुँदामा माग राखी माग पत्र बुझाएका हुन् । वर्षाैदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानियहरुले जुडिखानेपानी लिफ्टिङ आयोजनालाई पहिलो प्रथामिकतामा राखिदिन मेयर ढुङ्गानालाई आग्रह गरेका छन् ।

हाल सञ्चालनमा रहेको निगालपानी काफलपानी खानेपानी आयोजना धेरैजसो विग्रने, पानी नआउने समस्याले गर्दा स्थानियहरुलाई पानी अपुग भएकोले जुडि खानेपानी आयोजनालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग गरेका छौं, स्थानिय एवं तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् नीलकण्ठ ९ वडा ईकाई समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङले धादिङ अपडेट डटकमलाई बताउनुभयो ।

यस्तै क्ष्योलिङ गुम्बा सम्पन्न, गुरुङ भाषा प्रशिक्षण कार्यक्रम, खेल मैदान निर्माण, होम स्टे सञ्चालनको लागि तालिम, सल्लेघारी रिजाल टोल, गैराबारी सडक सुधार, सल्लेघारीदेखि काफलपानी सम्म सडक कालोपत्रे लगायतका योजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरिदिन माग राखेका छन् ।

स्थानियहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मेयर ढुङ्गानाले माग सम्बोधनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । १ सय भन्दा बढि घरधुरी रहेको काफलपानीका स्थानियहरु वर्षाैदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । विहान ३ बजेदेखि रातको ११ बजे सम्म खानेपानी लिनको लागि स्थानियहरु धारामा लामवद्ध देखिन्छन् ।

नीलकण्ठ नगरपालिका–९ काफलपानीमा भएको पानी अभावका विषयमा धादिङ अपडेटले केहि समय अघि रातको सवा ९ बजेको समयमा पानी भर्दै गरेको ६७ वर्षिया सेती माया गुरुङको फोटो सार्वजनिक गरेको थियो ।

Facebook Comments