
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–५ तल्लो कल्लेरी बस्ने २१ वर्षीय शोसम थापा मगर रहेका छन् । घर देखी १ किलोमिटर पश्चिममा रहेको आचलपारी भीरबाट अन्दाजी २० फिट तल खसी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।