२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा भीरबाट लडेर एकजनाको मृत्यु

धादिङमा भीरबाट लडेर एकजनाको मृत्यु

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–५ तल्लो कल्लेरी बस्ने २१ वर्षीय शोसम थापा मगर रहेका छन् । घर देखी १ किलोमिटर पश्चिममा रहेको आचलपारी भीरबाट अन्दाजी २० फिट तल खसी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।