
तस्विर : सन्दिप घिमिरे
धादिङ ८ असार – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छि गाउँपालिका–७ गल्छिमोडमा भारतिय बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।
काठमाडौंबाट भारतको राजस्थानतर्फ जादै गरेको ब्च्ण्टभ्ठण्घज्ञ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना हुदा राजस्थान निवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
डिएसपी जैसवारका अनुसार बसमा ३० जना सवार रहेका थिए । दुर्घटनामा परी घाइते बनेका १९ जनाको अवस्था सामान्य रहेका छन् । घाइतेहरुको गल्छिस्थित स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ।