तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन हुनुभएको छ । आज बुधबार सम्पन्न संघको अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसान तामाङ र कोषाध्यक्षमा युनिष तामाङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा संगिता तामाङ, कमल तामाङ, याकुब तामाङ, शर्मिला तामाङ र सोनिका (सम्झना) तामाङ रहनुभएको छ ।
नीर तामाङ धादिङवेशीबाट सञ्चाल भईरहेको रेडियो विहानीका सहस्टेशन म्यानेजर समेत हुनुहुन्छ ।












