लैङ्गििक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालवालिकाको लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ भोलीबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ ।

अभियानको पूर्वसन्ध्यामा आज पुछारबजार मुलचोकमा दिप प्रज्वलन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मुल आयोजक समितिको र नीलकण्ठ नगरपालिकाले दिपप्रज्वलन कार्यक्रम गरेको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

Facebook Comments