धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेमा रहेको नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ ।

आफ्नो १६ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा २९ जना महिला र ३३ जना पुरुष गरि जम्मा ६२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments