२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एकै पटक ७१ सहसचिवको सरूवा

एकै पटक ७१ सहसचिवको सरूवा

सरकारले एकै पटक ७१ जना सहसचिवको सरूवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट ७१ जना सहसचिवको सरूवा भएको हो ।

मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र सङ्घीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको छ ।

यस अघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।