नाम:- बिमला तामाङ
जन्म :- धादिङ सेमजोङ
नेपालको खेलकुद क्षेत्रमा बिमला तामाङ निकै चर्चित कराते खेलाडी हुन् । धादिङ जिल्लाको साबिकको सेमजोङ गाविस चौतारामा जन्मिएकी बिमलालाइ उनको बुवाले पढाउने र राम्रो खेलाडी बनाउने भनेर राजधानी लग्नुभएको थियो। ७ बर्षको छँदा उनका बुवाले उनलाइ बालाजु कराते एकेडेमीमा भर्ना गरिदिनु भएको थियो । बिमलालाई पढाउनकै लागि भनेर उनका परिवार राजधानी गएका थिए।
बिमलाका बाबा संगिना बैद्यहरुको तस्बिर पत्रिकाहरुमा देखाउदै आफ्नो छोरी पनि तेस्तै खेलोस, उनी जस्तै बनुन भन्ने चहाना राख्ने गर्थे । राम्रोसंग ट्रेनिङ्ग गर्नुपर्छ भनेर छोरिलाइ उत्प्रेरणा दिने गर्दथे ।
कानुनी कामकाजमा अभिभावकले धादिङमा थुप्रै झमेला बेहोर्नुपरेकाले होला उनका बुबाआमा छोरी वकिल बनोस् भन्ने चाहन्थे। उनलाई पनि वकालत पेशा मनपर्छ। तर खेल करियर र समाजसेवाको चाहनाले गर्दा एकोहोरो पढ्ने काम मात्र गर्न सकिनन त्यसैले उनले कानुन पढ्ने कुरा प्राथमिकतामा राख्न सकिरहेकी छैन।
घरको हजुरबुबा बृटिस लाहुरे , मामाघरको हजुरबुबा इन्डियन लाहुने, दुबै जनाका युद्ध लडेका काथाका कारण उनको सपना आर्मि बन्ने थियो । हजुरबाहरुकै हौसला पाएर विमला मार्सलआर्टतिर आकर्षित भइन्। आखिर त्यही खेल उनको परिचय बन्यो।
बिमलाले कराते सुरु गर्दा खासमा केहिपनि सोचेको थिइनन । बाबा हजुरबुवाहरुको सपना पुरा गर्नुपर्छ भन्ने त सोचेको थिइन तर यही गर्छु भन्ने खास थिएन ।
बिमलाको परिवारमा बुवा-आमा भाइ र बहिनी हुनुहुन्छ, उनकी बहिनी पनि खेल क्षेत्रमै आबद्द छिन।
सेम्जोङमा जन्मिएकी विमलासँगैका दौँतरी दुई–तीन सन्तानका आमा बनिसके। लाऊँलाऊँ–खाऊँखाऊँकै उमेरमा कति साथीहरु घरधन्दाको चौघेरामा फँसिसकेका छन्। उनले हाँस्दै भन्ने गर्छिन , ‘सानैमा काठमाडौँ आउन नपाएको भए त मेरा पनि छोराछोरी पो भइसक्थे कि?’
विमला कराते खेलमा जति आक्रमक छिन् बानी व्यवहारमा उत्तिकै नरम।

मिजासिलो स्वभावकी २२ वर्षे विमला जसले दुई वर्ष अगाडि दक्षिण कोरियामा सम्पन्न भएको १७औं एसियन च्याम्पियनसिपमा मुलुकको प्रतिष्ठा उँचो राख्न सफल भईन ।
त्यतिबेला उनी आम नेपालीबाट बधाईको पात्र बनिन् । उनका लागि बधाइको ओइरो नै लाग्यो । २५ खेलमा २ सय ४ जना खेलाडी सहभागी उक्त प्रतियोगितामा विमला एक्लो प्रतियोगी थिइन् जसले नेपालका लागि पदक दिलाउन सफल भइन ।१७ औं एसियाडमा एक मात्र काँस्य पदक जितेर नेपाललाई पदकविहिन हुनबाट जोगाएकी थिइन्। त्यो प्रतियोगितामा काँस्य पदक दिलाएकी विमलालाई त्यतिबेला उनको कार्यको उच्च मूल्याङकन गर्दै नेपाल सरकारलगायत सबै क्षेत्रका संघसंस्थाहरुबाट भव्य सम्मान गरिएको थियो ।

अहिले अमेरिकाको न्यूयोर्कमा रहेकी बिमलाले फिका इन्टरनेशनल ओपन कराते च्याम्पिनसिपमा पनि स्वर्ण पदक हात पारेकी छिन् । नोभेम्बर १२ र १३ तारिखमा न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा उनले उक्त पदक हात पारेकी हुन् ।
उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यलगायत नेपाल, पुर्टिरिको, मेक्सिको र डोमेनिक रिपब्लिक गरी ३ सय ५० खेलाडीको सहभागी थिए । विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमुख निर्देशनमा सञ्चालित च्याम्पिसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघअन्र्तगतका रेफ्री तथा निर्णायक सहभागी थए ।
स्वर्ण पदक पाएपछि बिमला निकै खुसी छिन । आगामी दिनमा पनि निरन्तर करातेको माध्यमबाट नेपालको प्रतिष्ठा बढाउने कोसिस गर्ने उनले बताइन् ।
बालाजु कराँते डो एकेडेमीका अध्यक्ष तथा प्रमुख गुरु ध्रुवविक्रम मल्लको प्ररेणा र सल्लाहबाट कराते खेलमा लागेको बिमला बताउछिन । कराते खेलमा निरन्तर अभ्यास र सही मार्गनिर्देशनले गर्दा आफू यो स्थितिमा आइपुगेको उनि बताउछिन ।

विमलाले गत २२ देखि २५ सेप्टेम्बरमा भारतको दिल्लीमा एसियन कराते महासंघले आयोजना गरेको दक्षिण एशियाली साफ कराते प्रतियोगितामा समेत स्वर्ण र कास्य पदक जित्न सफल भएकी थिइन् । यसभन्दा अगाडि पनि उनले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएकी थिइन ।
दुबइमा भएको दुबइ इन्टरनेश्नल कराँते च्याम्पीयनसिपमा उनि फस्ट भएकि थिइन । एउटै टुर्नामेन्टमा विभिन्न विधामा सेकेन्ड नै ३ पटक भएकि थिइन । मलेशियामा भएको जुनियर वल्डकपमा पनि उनले तिन वटा मेडल लेराएको थिइन । मलेशियामै भएको यशियन गेममा पनि उनले थर्ड मेडल लेराएकी थिइन। उनि प्रवल जनसेवाश्री पुरस्कार बाट समेत पुरस्कृत भैसकेकी छिन । विभिन्न प्रतियोगितामा पदक जित्न सफल भय पश्चात् केही समय उनलाइ पुरस्कार र सम्मान थाप्न भ्याइ-नभ्याइ भयो।

विमलाले खेलसँगै समाजसेवा गर्ने अठोट पनि लिएकी छिन् । उनले गत वर्षको भूकम्पका बेला उनले दिलोज्यान दिएर पीडितको सेवा गरिन् । भुकम्पबाट पीडित आफनो गृह जिल्ला धादिङका केही गाउँमा उनी राहत बोकेर पुगेकी थिइन । उनी केही संघ–संस्थाको सहयोग र व्यक्तिगत तवरले राहत सामग्री वितरणमा सरिक भएको थिइन । भूकम्प केन्द्रबिन्दु बारपाक, सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोक र धादिङका केही गाउँमा उनी राहत बोकेर पुगिन्। राहत बाँड्ने कामपछि उनी भूकम्प पीडितको दुःखमा साथ दिन कतिपय ठाउँमा स्वयंमसेवकका रुपमा पनि खटिन्। उनी केही संघ–संस्थाको सहयोग र व्यक्तिगत तवरले राहत सामग्री वितरणमा सरिक भइन्।
विमला अहिले दुई वटा सामाजिक संस्थामा ब्रान्ड एम्बासडर छिन । उनले ती संस्थामा रहेर पिछडिएका महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन ।
१२ कक्षा उत्तीर्ण गरेकी विमला खेल, पढाइ र समाजसेवालाई सँगसँगै लैजाने बताउँछिन् ।
श्रोत: पोजेटिभ धादिङ (फेसबुक पेज)

Facebook Comments