धादिङमा बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

नीलकण्ठ नगरपालिका–१० बाट १३ बर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मिश्रले बताउनुभयो ।

२३ गते धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको र आरोपित किशोरलाई हाडनाता जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।

Facebook Comments