लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीले धादिङबेशीमा सोमबार आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् ।
मानवता हाम्रो प्राथमिकता भन्ने मुल नाराको साथ आयोजनामा भएको रक्तदानमा ३८ जना महिला र ११४ जना पुरुष गरि जम्मा १५२ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले जानकारी दिनुभयो ।
गर्मी मौसमको समयमा बढ्न सक्ने संक्रामक रोगकको कारण हुन सक्ने रगतको अभावलाई कम गर्ने उद्धेश्यका साथ रक्तदान कार्यक्रम गरिएको ढकालले जानकारी दिनुभयो ।धादिङ अस्पताल,लायन्स क्लब अफ काठमाण्डौं ब्लर्ड सर्कल, नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।