२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला स्तरीय पुरुष कबड्डी सुपर लिग धादिङबेसीमा सुरु

जिल्ला स्तरीय पुरुष कबड्डी सुपर लिग धादिङबेसीमा सुरु
सेयर गर्नुहोस्
०सेयर

धादिङ टाईटन्सको आयोजनामा शनिबार देखी सदरमुकाम धादिङबेसीमा जिल्ला स्तरीय पुरुष कबड्डी सुपर लिग सुरु भएको छ । प्रतियोगितामा जिल्लाभरका ६ वटा टिम धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर युवा क्लब ए र बी , थाक्रे कबड्डी क्लब र सुनौलो भैरवी कबड्डी क्लब सहभागी छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले उद्घाटन गर्नुभएको प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । धादिङबेशी स्थित कर्भड हलमा जारी प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।