धादिङ टाईटन्सको आयोजनामा शनिबार देखी सदरमुकाम धादिङबेसीमा जिल्ला स्तरीय पुरुष कबड्डी सुपर लिग सुरु भएको छ । प्रतियोगितामा जिल्लाभरका ६ वटा टिम धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर युवा क्लब ए र बी , थाक्रे कबड्डी क्लब र सुनौलो भैरवी कबड्डी क्लब सहभागी छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले उद्घाटन गर्नुभएको प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । धादिङबेशी स्थित कर्भड हलमा जारी प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुने छ ।

Facebook Comments