
इजरायल – नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा चित्र जुग्जाली मगर सर्वसम्मत चयन भएको छ । शुक्रबार इजरायलको तेलअभिवमा सम्पन्न संघको छैटौ अधिवेशन तथा साधारण सभाले चित्र मगरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा बिवस मगर, माया आले मगर, जमुना थापा मगर, माया आले, महासचिवमा काशिराम आले मगर, सचिवहरुमा सुनील आले, जेनि बुढा मगर, नकुल लामिछाने मगर, उमेश मगर, माया थापा मगर, स्यारोन मगर, प्रदिप श्रीस चयन भएको हो । कोषाध्यक्षमा धर्मेन्द्र पुन मगर, सह कोषाध्यक्षमा भिमा पुर्जा मगर, साथै साँस्कृतिक संयोजकमा सिमोन पुर्जा मगर र खेलकुद संयोजकमा बिजय पुन मगर चयन भएका छन् । नव निर्वाचित समितिको कार्यकाल आगामी दुई बर्ष सम्म कायम रहनेछ ।

सन् २०१३ मा बैदेशिक रोजगारीको शिलशिलामा इजरायलको विभिन्न क्षेत्र र पेशामा रहेका मगर समुदायहरु संगठित भई नेपाल मगर संघ शाखा इजरायलको स्थापना भएको हो । “भेषभुषा, भाषा, धर्म, संस्कृतीको संरक्षण एवंम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मूल नारा सहित स्थापित यस संघले आफ्नो जाति र समुदायको भाषा, कला, संस्कृतिको संवद्र्धन तथा संरक्षणको लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्नुका साथै अन्य रचनात्मक र नियमित गर्ने क्रियाकलाप पनि गर्दै आईरहेको छ ।
भेषभुषा, भाषा,धर्म, संस्कृतिको संरक्षण एवं विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मूल नाराका साथ सम्पन्न साधारण सभा तथा अधिवेशनमा सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायलका अध्यक्ष मनु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवेशन तथा साधारण सभामा इजरायलमा संगठित, सक्रिय विभिन्न जातिय र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक संगठनका प्रमुख तथा प्रतिनीधिहरुका साथै शुभचिन्तक तथा शुभेच्छेकहरुको उपस्थिति रहेको थियो । अधिवेशन तथा साधारण सभामा मगर समुदायको सांस्कृतिक प्रस्तुती सहितको विविध सांस्कृतिक प्रस्तुति र पिकनिक कार्यक्रम पनि रहेको थियो ।