पत्रकारहरुले सञ्चालन गरेको धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधाराण सभामा नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका जरुरी रहेको बताउनुभयो ।
उहाँले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नोमात्र फाईदा पु¥याउन चाहने पुंजीवादी शक्तीहरु बिरुद्ध लड्दै शहकारी अन्दोलनलाई साथ दिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । सभामा संस्थाका महासचिव अर्जुन श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/२०८२ को लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष रेख बहादुर गुरुङले संस्थाको आर्थिक प्रतिवेदन तथा प्रस्तावित अनुमानित आय ब्याय प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी लेखा समितिका संयोजक सन्तोषराज श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ६७ जना शेयर सदस्य रहेको सहकारी संस्थाको २ लाख १३ हजार शेयर पुँजी रहेको छ । कार्यक्रममा सहकारीका पृर्व अध्यक्षहरु, नेपाल पत्रकार महासघका अध्यक्ष तथा सचिव, सहकारीका सञ्चालक समिति सदस्यहरु र शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सहकारीका उपाध्यक्ष शिवराज आचार्यले समापन गर्नु भएको थियो