२६ जुलाइ,२०२४
इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले आगामी अगष्ट १६ मा ३० औं विश्व आदिवासी जनजाति दिवस मनाउने भएको छ । हरेक वर्ष ९ अगष्टका दिन विश्व भर रहेका आदिवासी जनजातिहरुले विश्व आदिवासी जनजाति दिवस मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले आदिवासी जनजातिहरुको समग्र अवस्था अध्यायन गरी उनीहरुको अवस्था सुधारको लागि विशेष कार्यक्रम सिफारिस गर्ने उदेश्यले इक्वेडरका विशेषज्ञ मार्टिन कोबेजको संयोजकत्वमा सन् १८९२ मा एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको पहिलो बैठक जेनेभामा सन् १९८२ अगष्ट ९ मा सम्पन्न भएको थियो । उक्त ९ अगष्टको दिनलाइ नै विशेष स्मरणीय दिन मानेर संयुक्त राष्ट्र संघले विश्व आदिवासी जनजाति दिवस घोषणा गरेको हो ।

यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरुले, जनजाति आधिकारका लागि एक महान अन्र्तराष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेका छन् । यो दिवस मनाउनुको मुख्य उदेश्य विश्व भूमण्डलीकरण, आधुनिकिकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरुका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा पारेको प्रतिकूल असरबाट बचाउनु, उनीहरुको विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नु हो ।
संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसंख्या ५० करोड भन्दा बढि रहेको छ । जुन विश्वको जनसंख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायहरु रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा नेपालको जनसंख्याको ३५.४० प्रतिशत हिस्सा आदिवासी जनजातिहरुको रहेको छ । नेपालमा रहेका १४२ जातजातिहरु मध्ये ५९ जातजातिलाइ नेपाल सरकारले आदिवासी जनजातिको रुपमा स्वीकृत गरेको छ ।
“संविद्यान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर !” भन्ने मूल नारा सहित नेपाल आदिवासी जनाजाति महासंघ इजरायलको आयोजना तथा सदस्य संस्थाहरुको सह–आयोजनामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा महासंघमा आवद्ध सदस्य संस्था र समुदायको मौलिक कला, संस्कृति झल्कने झाँकि,नृत्य सहितको ¥यालि, शुभकामना आदान–प्रदानको साथमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि रहनेछ । यसै गरि कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक खानाका परिकारहरु पनि खान पाइनेछ ।
अगष्ट १६ मा तेल अविभस्थित लेभन्स्की पार्कमा हुने कार्यक्रममा नेपाली राजदुतावास इजरायलका प्रमुख तथा प्रतिनिधीको प्रमुख आतिथ्यता रहने नेफिन इजरायलका उपाध्यक्ष रञ्जना ग्याबक तामाङले जानकारी दिनुभयो । साथै कार्यक्रममा उपस्थितिको लागि नेफिन इजरायलले इजरायलमा रहेका जातिय, धार्मिक, सामाजिक, राजनैतिक, साहित्यिक संघ–संस्था लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्राणा गरिएको छ । सन् २०१२ मा स्थापना भएको नेफिन इजरायलमा शेर्पा संघ, नेपाल तामाङ घेदुङ, किराँत राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय नेवा खल, नेपाल मगर संघ, तमु समाज, ह्याल्मो समाज आवद्ध रहेका छन् । यस महासंघले समय–समयमा यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।