२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङबेसीमा सेभेन्थ–डे एडभेन्टिष्ट चर्चको स्थापना, धादिङमा र्चचको संख्या ३ सय २० वटा

धादिङबेसीमा सेभेन्थ–डे एडभेन्टिष्ट चर्चको स्थापना, धादिङमा र्चचको संख्या ३ सय २० वटा

सदरमुकाम धादिङबेसीमा थप एक मण्डली चर्चको स्थापना भएको छ ।

शुक्रबार एक विशेष समारोहका विच सेभेन्थ–डे एडभेन्टिष्ट चर्च नेपाल धादिङको स्थापना भएको सन्दीप स्याम्चेनले जानकारी दिनुभयो । मण्डलीको सेभेन्थ डे एडभेन्टिष्ट चर्चका केन्द्रिय अध्यक्ष एवंम बागमति प्रदेश प्रमुख रेभेरेन्ट पास्टर शमुएल शर्मा (सुमन) ले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

धादिङमा ईसाइ धर्मावलम्वीको संख्या वृद्धि सँगै चर्च अथवा मण्डलीको संख्या पनि बढ्दो छ । जिल्लामा अहिले ३ सय २० वटा चर्च (मण्डली) छन् । भने नीलकण्ठ नगरपालिकामा मात्रै ४० वटा चर्च रहेको धादिङ इसाई समाजका कार्यक्रम संयोजक बबिन तामाङले जानकारी दिनुभयो ।

जिल्लामा इसाई धर्म मान्ने ३० हजार भन्दा बढि जनसंख्या रहेको संयोजक तामाङले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।