नेपाल सुन चाँदी कला व्यवसायी संघ जिल्ला शाखा धादिङको सातौं साधारण सभा सम्पन्न भएको छ ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा सम्पन्न भएको साधारण सभामा सचिव बाबुराम रसाईलीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेश बराईलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा धादिङका अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रिय द्धितिय उपाध्यक्ष सानुबाबु बराईलीको प्रमुख आतिथ्य तथा सह–कोषाध्यक्ष सुदिप रसाईलीको विशेष आतिथ्य रहेको थियो ।











