मौसम खराबीका कारण धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ७ मा हेलीकप्टर आकस्मीक अवतरण गरिएको छ ।

पोखराबाट बिरामी लिएर काठमाण्डौंको लागि उडेको 9N-AML को हेलिकप्टर भिजिबिलिटी कम भएको कारण सुरक्षीत अवतरण गरेको वडाअध्यक्ष युवराज खतिवडाले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

मंगलबार साँझ करिब ५ बजेको समयमा  हेलीकप्टर धानखेतमा सुरक्षीत अवतरण भएको उहाँले बताउनुभयो ।

Facebook Comments