धादिङबाट हराएर बाग्लुङमा भेटिएका तीन जना बालिकाहरुको अभिभावकको जिम्मा लगाएको छ । एक साता पछि बागलुङमा भेटिएका रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

साउन २३ गतेदेखि हराईरहेका बालिकाहरु साउन  २८ गते सोमबार बाग्लुङमा भेटिएको थियो । बालिकाहरु बाग्लुङ सम्म कसरी पुगे भन्ने कुराको अनुसन्धान भईरहको प्रहरीले जनाएको छ । सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनिहरु धादिङबेसीबाट सम्पर्क विहिन बनेका थिए ।

२ जना वालिकालाई होटलबाट र एक जनालाई ग्रामिण भेगबाट बाग्लुङ प्रहरीले सुरक्षित उद्दार गरेको थियो ।  हराएका बालिकालाई खोजी गर्न जिल्ला प्रहरी कार्यालय धादिङले देशैभरका प्रहरी कार्यालय, बोर्डर आसपासका क्षेत्रहरुमा जानकारी गराउनुका साथै सादा पोशाकका प्रहरीहरु परिचालन गरेको थियो ।

 

Facebook Comments