नुवाकोट– आईएमई लाईफ इन्स्योरेन्स नुवाकोट शाखा मार्फत पुष्पराज पाण्डेले आफ्नो श्रीमती अन्जना पाण्डेलाई बैवाहिक जीवन सुरुवातीको उपहार स्वरुप रु. पन्ध्र लाखको बीमा पोलिसी उपहार दिनुभएको छ।

श्रीमती अन्जनाले पनि आफ्नो टिकाटालोमा जम्मा भएको रकमबाट आफ्नो श्रीमानलाई पन्ध्र लाखकै बीमा उपहार दिनुभएको हो ।

परिवारको सुन्दर भविष्यको लागी आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको सरल बीमा योजना खरिद गरी उनीहरुले एक अर्कालाई बिवाहको उपहार स्वरूप बिमालेख प्रदान गरेका हुन् । बिवाहमा हुने फजुल खर्चलाई थोरै कटौती गरी सुन्दर भविष्यको लागि बचतको सुरुवात गरिएको पुष्पराजले बताउनुभयो ।

उत्कृष्ट राईडरका कारण र कम्पनीको प्रोफाईलको अध्ययन गरि अभिकर्ता रोजिना घलेमार्फत सरल बीमालेख खरिद गरिएको उनीहरुको भनाई छ ।

Facebook Comments