२०८३ मंसिर १, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

क्यानडामा डेरा र रोजगारीको अवसर कठिन, जानकारी लिएर मात्र क्यानडा जान दूतावासको आग्रह

क्यानडामा डेरा र रोजगारीको अवसर कठिन, जानकारी लिएर मात्र क्यानडा जान दूतावासको आग्रह

क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ । पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई सबै कुराको जानकारी लिएर मात्र जान दूतावासको आग्रह छ ।

दूतावासले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको जनाएको छ । अध्ययन गर्ने कलेज रहेको शहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।

क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइ, सम्बन्धित शहरका एनआरएनए लगायत प्रवासी नेपालीका सङ्घसंस्था तथा रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले भनेको छ । नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।