धादिङबेसी–सल्यान्टार–आरुघाट सडकखण्ड करिब २ घण्टापछि सुचारु भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर १० थुम्की नजिकै मंगलबार अपह्रान्न ४ बजेको समयमा पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

नीलकण्ठ नगरपालिकाको डोजरले पहिरो पन्छाएपछि सडक सुचारु भएको शिक्षक सागर बाबु पाण्डेले जानकारी दिनुभयो ।

पहिरो खसेपछि यात्रु अलपत्रमा परेका थिए ।

Facebook Comments