“अकाल मृत्युबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं’’ भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेसीमा एक दिने आकस्मिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक तालिम सम्पन्न भएको छ । कीर्तिगङ्गा मेडिकल सेन्टर, काठमाडौंको आयोजना तथा नीलकण्ठ नगरपालिका तथा जनस्वास्थ्य कार्यालय, धादिङको समन्वयमा तालिम संचालन भएको हो ।

तालिममा आकस्मिक स्वास्थ्य समस्या आईपर्दा के गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । जीवनदायी ऋएच् तालिम, मानसिक स्वास्थ्य, आकस्मिक स्वास्थ्य सुरक्षा सम्बन्धि सीप, सडक दुर्घटना न्यूनीकरण, फुल हेल्मेटको प्रयोग, विषालु च्याउ खादा हुने असर, अरिङ्गालले टोकेर हुने घटना, डेङ्गु न्यूनीकरण तथा उपचार, विपद व्यवस्थापन, स्वास्थ्य बीमा आवद्धता, धूम्रपान मध्यपानको असर, स्वस्थ जीवनयापन सम्बन्धि सचेतना आदि लगायता विषयमा डा.राम थापाले जाकारी गराउनुभएको थियो ।

यस्तै सर्पले टोकेमा नबाधिकन तुरुन्त अस्पताल लैजाने, महिलाहरुले आफ्नो स्तन स्वपरीक्षण गर्ने कुरा, महिलाहरुको पाठेघर क्यान्सरको स्कृनिङ, कुकुर, बिरालो, स्याल, बादरले टोकेमा वा चिथोरेमा तुरुन्त साबुन पानीले आधा घन्टासम्म धोएर रेबिज विरुद्द अनिवार्य सुई लगाउनुपर्ने, पोलेको घाउमा आधा घन्टा सम्म धाराको पानीले भिजाउने विधि, खाना अडकिएमा निकाल्ने विधि लगायतका बारेमा प्रशिक्षण दिईएको थियो ।

तालिममा डा. राम थापा क्षेत्री र स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क कार्यालयकी दर्ता अधिकारी शशीकला भण्डारीले विषयवस्तुमाथी सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवंम नीकलण्ठ नगपालिकाका उपमेयर दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतमा राखेर काम गरेको बताउनुहुँदै नगरपालिकामा पुर्ण स्वास्थ्य वीमा लागु गर्ने गरि तयारी गरिने बताउनु भयो । अझै पनि स्वास्थ्य बीमाले सबै नागरिकलाई समेट्न नसकिएकोले स्वास्थ्य बीमा सम्बन्धी जनचेतना जगाउनुपर्ने बताउनुभयो ।

जिल्लाभरका नागरिक धादिङ अस्पतालमा आएर सेवा लिने भएकोले धादिङ अस्पताललाई अझै समुन्नत बनाउदै लैजाने बताउनुभयो । कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, टोल विकास संस्था महासङ्घ, खेलाडी, पत्रकार तथा विद्यार्थी, आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले यस्ता कार्यक्रम धादिङ जिल्लाको सबै पालिकामा पुर्याई धादिङ बासीलाई स्वास्थ्य क्षेत्रमा स्वस्थ, सबल र सुदृढ बनाउनुपर्ने बताएका थिए ।

Facebook Comments