धादिङको सदरमुकाममा रहेको धादिङ अस्पतालमा पहिलो पटक मेमोग्राम सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले मंगलबार एक कार्यक्रमकाबीच मेमोग्राम सेवाको सुरु गर्नुभएको हो ।

मेमिग्राम सेवा सुभारम्भ कार्यक्रमलाई गर्नुहुँदै मन्त्री थापा मगरले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको सुधारको लागि सूक्ष्म अध्ययन गरिरहेको बताउनुभएको छ । प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरि सेवामा सुधार ल्याउने जिकिर गर्नुभयो ।

सेवा सुरु भएसङ्गै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परिक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौं लाख ६१ हजार मूल्य बराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण हो ।

‘स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छु, अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्नुभयो( ुरेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर स्तनको चित्र लिन सकिन्छ ।’

स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन् । मन्त्री थापा मगरले धादिङ अस्पतालसहित आयुर्वेदिक चिकित्सालयको पनि अवलोकन गर्नुभएको छ । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सय भन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।

Facebook Comments