२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा साउन यता ४३ जनामा डेंगी संक्रमण पुष्टी

धादिङमा साउन यता ४३ जनामा डेंगी संक्रमण पुष्टी
This image depicts an adult female Aedes aegypti mosquito feeding on a human subject with darker skin tone.

धादिङमा साउन यता ४३ जनामा डेगु संक्रमण पुष्टी भएको छ । जिल्लामा सबै भन्दा धेरै बेनिघाट रोराङ गाउँपालिकामा १९ जनामा डेंगु संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

थांक्रे गाउँपालिकामा १४, नीलकण्ठ नगरपालिकामा ६, सिद्धलेकमा २ जना, ज्वालामुखी र खनियाबासमा १÷१ जनामा डेंगुंको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धादिङको तथ्याङमा उल्लेख छ । डेंगु ज्वरो अरु मौसमी ज्वरो जस्तै हो ।

डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । उच्च ज्वरो आउनु, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता डेंगुका लक्षणहरु हुन ।

यसबाट बच्नको लागि आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने र पूरै शरिर ढाक्ने लुगा लगाउन स्वास्थ्य कार्यलय धादिङले आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।