२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा चयन

दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा चयन
सेयर गर्नुहोस्
०सेयर

नेपाल दलित पत्रकार संघ जिल्ला समिति धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा चयन हुनुभएको छ ।

शुक्रबार धादिङबेसीमा सम्पन्न संघको दोश्रो अधिवेशनबाट विश्वकर्मा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत विश्वकर्माको अध्यक्षतामा नवगठिन कार्यसमितिको उपाध्यक्षमा रोशनी नेपाली, सचिवमा मनिसा विश्वकर्मा, कोषाध्यक्षमा रोशन वयालकोटी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सरस्वती विश्वकर्मा, भक्तबहादुर वि.क. र निकेश नेपाली चयन हुनुभएको छ । अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष विश्वकर्माले दलित पत्रकारहरुको क्षमता अभिवृद्धि र हक अधिकार संरक्षणमा संघले नेतृत्वदायी भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।