मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेकाे आराेपमा मेडिकल व्यवसायी प्रसाईंसहित युट्युबरहरू जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।

काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले तीन जनाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेकाे हाे ।

Facebook Comments