धादिङको सदरमुकाम धादिङबेसीमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद को १४ औं केन्द्रीय पार्षद सभा सकिएको छ ।

तमू संस्कार, संस्कृति, भाषा, लिपि, भेषुभुषा हाम्रो पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने नारा सहित सुरु भएको पार्षद सभामा ३० भन्दा बढि जिल्लाका प्रतिनिधिहरुके सहभागीता रहेको थियो । ४७ जिल्लाबाट प्रतिनिधिहरु आउने कुरा थियो तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदका सचिव संगीता तमूस्योले भन्नुभयो सडकको अवस्थाले गर्दा बाँकी जिल्लाबाट प्रतिनिधिहरु आउन पाउनु भएन ।

तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदका अध्यक्ष टिचन तमूस्योको अध्यक्षतामा सम्पन्न भएको पार्षद सभामा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्ण बहादुर तमूको प्रमुख आतिथ्य रहेको थियो ।

पार्षद सभामा महासचिव दलकुमारी तमूस्योले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न‘भएको थियो भने सहभागी जिल्ला प्रतिनिधिहरुले पनि सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमा छलफल गरि सभाले अनुमोदन गरेको छ ।

Facebook Comments