धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मधुवनमा गठित डांडा टोल सुधार समितिले सरसफाई कार्यक्रम गरेको छ ।
“सुन्दर सफा शान्त गाउँको परिकल्पना, डाँडाँ टोलबासीको यहि छ कामना” भन्ने नारा सहित डाँडा टोल सुधार समितिले सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
अध्यक्ष चन्द्र बहादुर गुरुङको नेतृत्वमा मधुवन टोलको महादेव मन्दिरको वरिपरि, पोलटोल टोल, भञ्ज्याङ टोल, बाटोमुनीटोल लगायतका टोलहरुको गोरेटोबाटो, घरघरमा रहेका फोहोर संकलन, सडक छेउछाउमा सरसफाई गरिएको टोलसुधार समितिका सल्लाहाकार एवंम समाजसेवी युवा नेता निशान गुरुङले जानकारी दिनुभयो ।

यस्तै टोल सुधार समितिले बाहिरि मदिराहरुलाई निषेध गर्दै स्थानिय स्तरमा उत्पादन भएका मदिराहरुलाई प्रर्वद्धन गर्न अभियान चलाउने, गाउँमा भएका विकृति विसंगतीलाई हटाउँदै गुरुङहरुको बाहुल्यता रहेकाले गुरुङ जातीको भाषा, संस्कार संस्कृतिलाई संरक्षण संवद्र्धन गर्दै लैजाने समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताउनुभयो ।











