२०८३ कार्तिक २०, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जनजागरण तमु समाज सिम्लले खुला नकआउट फुटबल प्रतियोगीता गर्दै

जनजागरण तमु समाज सिम्लले खुला नकआउट फुटबल प्रतियोगीता गर्दै

बडा दशैको अवसरमा जनजागरण तमु समाज सिम्लले 6A Side खुला नकआउट फुटबल प्रतियोगीता गर्ने भएको छ ।

असोजको २९ देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम हुने समूहले नगद ५० हजार सहित कप र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने समूले नगद २५ हजार सहित कप र मेडल प्राप्त गर्नेछन् ।

नीलकण्ठ नगरपालिका वडा नम्बर २ सिम्लेमा हुने प्रतियोगीतामा सहभागी हुन चाहने समूहले असोज २८ गते बेलुका ५ बजे सम्म दर्ता गराउन सक्नेछन् । प्रतियोगीतामा समुह दर्ता शुल्क ५ हजार तोकिएको छ ।

यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र उच्च गोलकर्तालाई नगद ३ हजार पुरस्कारको व्यवस्था रहेको पूर्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।