धादिङ, असोज १८ गते ।
धादिङ इसाइ समाजको नवौँ बार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण आज सम्पन्न भएको छ । धादिङ इसाइ समाजले युनाइटेड मिसन टु नेपालको सँयोजनमा समुदाय रुपान्तरणमा सगँसगैँ कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यहरुको बिहिवार सामाजिक लेखा परिक्षण गरिएको हो ।
टियर फण्डको आर्थिक सहयोगमा धादिङका ५ ओटा पालिकाहरुमा सगसगै कार्यक्रम सञ्चालन गरिएको थियो । जस अन्तर्गत विभिन्न समुह मार्फत समाज रुपान्तरणमा खेल्न सकिने भुमिकाका बारेमा सचेत गराउदै आएको छ । त्यस्तै, मस्टार्ड सिड ताइवान को आर्थिक सहयोगमा जिल्लाका विभिन्न पालिकाका गरिव तथा जेहेनदार १ सय जना विद्यार्थीहरुलाइ ११ लाख २३ हजार ९ सय ३६ रकम छात्रवृति वितरण गरेको छ । हालसम्म संस्थाले १० लाख १८ हजार ६ सय ४६ रुपियाँ बरावर कारोवार भएको धादिङ इसाइ समाज धादिङका सचिव श्यामबहादुर विश्वकर्माले बताउनुभयो ।
सँगसँगै कार्यक्रमले समुदायका विभिन्न समस्या खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सर्वाङ्गिण विकासमा समान सहभागिता भएको समुहका सदस्यहरु बताउछन् । एकले थुकी सुकी सयले थुकी नदी भन्ने नेपाली उखान सँगसँगै कार्यक्रम पछि सार्थक लागेको र समुदायको मुहार फेरिएको उनीहरुको भनाई छ ।
धादिङ इसाइ समाजका अध्यक्ष लेक बहादुर तामाङको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा युएम एन धादिङ क्लस्टरका टिम लिडर सवु तामाङको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा युएमएन धादिङका सर्वाङ्गीण विकास कार्यक्रमका कार्यक्रम अधिकृत जिवन राइ, विभिन्न गाउपालिका स्तरिय इसाइ समुहका अध्यक्ष तथा पदाधीकारी लगाएत सगसगै समुहका सदस्यहरुको सहभागिता रहेको थियो । सगसगै कार्यक्रमले आफुहरुलाइ समुदायमा रहेका विभिन्न समस्य समाधान गर्न सहज बनाएको कार्यक्रममा विभिन्न समुहले बताएका थिए ।

Facebook Comments