असोज १८, काठमाडौ
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिई अमेरिका र कोस्टारिकाको भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएका ओलीले आफ्नो अमेरिका तथा कोष्टारिकाको भ्रमण फलदायि र उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । साथै उहाँले आफू नेतृत्वको सरकार ५ वर्षसम्म कायम रहने र त्यसपछि हुने चुनाव पछि अझंै थप बलियो भएर आउने पनि उहाँले दाबि गर्नुभयो ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद सामान्य भएको बताउँदै, नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग आफू लगातार २९ सालदेखिसँगै रहेकाले कुनै चिन्ता नलिन सबै नेता,कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो । ‘उहाँसँग मित्रता छ । अनुभव छ । सबैलाइ चिन्ता नलिएर ढुक्क हुन आग्रह गर्नुभयो । विपक्षिहरुले पोहोर तालमेल गर्दा तालमेल हुनै सक्दैन भन्थे । एकता र एकीकरण पनि हुँदैन भन्थे । अहिले तल्लो तहमा एकता भएको छैन भन्दै छन् । दुई चार दिनमा हेर्नुस् तल्लो तहमा पनि एकीकरण हुन्छ प्रधानमन्त्रीले भन्नुभयो ।

साथै सरकारले सात महिनाको अवधिमा नराम्रा काम नगरेको बरू राम्रा कामहरु गर्ने प्रयास गरेको बताउनुभयो । नयाँ बजेट कार्यान्वयन भएको दुई महिनामात्र हुँदा पनि सबै समस्या यही सरकारले सिर्जना गरेको जसरी आलोचना गरिएको प्रति आपत्ति जनाउनु भयो । समृद्धि, विकास र परिवर्तन क्रमिक रुपमा हुने बताउनुभयो ।

Facebook Comments