नोभेम्बर ८ – २०२४
इजरायल – २०२४, नोभेम्बर २४ मा  (एन. आर. एन. ए) गैरआवासीय नेपाली संघ – इजरायलको आयोजनामा अन्र्तराष्ट्रिय स्तरको खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । वक्तृत्वकलाको लागि आयोजकले दुईवटा शिर्षकहरु चयन गरेका छन् । पहिलोमा “समृद्ध नेपाल : गैर आवासीय नेपालीहरुको भूमिका” र दोस्रोमा “गैर आवासीय नेपालीहरुको साझा अभियान : वैदेशिक सिकाई र लगानी – हाम्रो स्वाभिमान” रहेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगीहरुले यहि १५ नोभेम्बर सम्ममा आफ्नो नाम दर्ता गर्नुपर्ने समयावधि निर्धारण गरेको छ । सहभागिताको लागि दर्ता शुल्क २० यूरो र ५० सिकेल तोकिएको छ । प्रतियोगिहरुले वक्तृत्वकला प्रतियोगितामा नेपाली र अंग्रेजी दुईवटा भाषामा आफ्नो प्रस्तुति राख्न पाउने छन् । साथै प्रतियोगिको उमेर हद ४० वर्ष नकटेको हुनपर्ने छ ।

एन.सि.सि.हरुको सिफारिसको आधारमा पहिलो नम्बरमा नाम दर्ता गर्ने प्रतियोगिलाइ पहिलो प्राथमिकता दिईनेछ । यस प्रतियोगितामा नेपाल सहित सार्क राष्ट्रहरुबाट भने सहभागी हुन पाईने छैन । प्रतियोगितामा सहभागी भई प्रथम, द्धितिय र तृतिया हुने प्रतियोगिहरुलाइ क्रमश : २ लाख, १ लाख र ५० हजार रुपैंया नगद र प्रमाण – पत्र सहित पुरस्कृत गरिनेछ ।

सन् २००७ मा स्थापना भएको गैरआवासीय नेपाली संघ – इजरायलले विशेष गरि विभिन्न देशमा रहेका नेपालीहरुको सिप, क्षमता, कला र प्रतिभा प्रस्टफुटनको माध्यमबाट विश्वका विभिन्न देशमा क्रियाशिल गैरआवासीय नेपाली संघहरुबीचको सम्बन्ध विस्तार गर्ने उदेश्य रहेको छ । यसका साथै यो प्रतियोगिता पश्चात सम्बन्धित सरोकारवाला निकायहरुले आगामी दिनहरुमा तयार गर्ने दिर्घकालिन योजना तथा निती निर्माणमा सहयोग पु¥याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना गरिएको गैरआवासीय नेपाली संघ–इजरायलका सचिव एंव यस प्रतियोगिताका कार्यक्रम संयोजक चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा इजरायल बाहेक अन्य देशमा रहेका दक्ष, अनुभवि, विज्ञहरुको टिमबाट मूल्याङ्कन कर्ताको चयन गरि उत्कृष्ठ प्रतियोगिलाइ प्रतियोगिताका विजेताहरु घोषणा गरिनेछ । प्रतियोगितामा प्रतियोगिको विषय वस्तुको ज्ञान, प्रस्तुति, कला, हाउभाऊ लगायतका मुख्य कुराहरुलाइ मूल्याङ्कनको आधार बनाईनेछ । साथै भर्चुअल माध्यमबाट हुने यस प्रतियोगितामा सहभागि प्रतियोगिको संख्या र अन्य भैपरि आउने समस्याका आधारमा केहि नियमहरु परिमार्जन हुन सक्ने पनि (एन. आर. एन. ए) इजरायलले जनाएको छ ।

आफ्नो स्थापनाको करिब १७ वर्ष पार गरेको (एन. आर. एन. ए) इजरायलले स्थापनाकालदेखी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा विभिन्न किसिमका सामाजिक, आर्थिक र विभिन्न रचनात्मक गतिविधिहरु गर्दै आएको छ । विशेष गरि (एन. आर. एन. ए) इजरायलले नेपालमा विभिन्न समयमा आइपर्ने प्राकृतिक विपत्तीहरुमा आर्थिक सहयोग, इजरायलमा रहेका नेपालीहरुलाइ आइपर्ने विभिन्न किसिमका समस्याहरुको पहिचान, समाधानको लागि सहयोग र पैरवी गर्ने, सुचना तथा संचार, नेपालीहरुको राष्ट्रिय पर्वहरु एकआपसमा मनाउने, इजरायलका लागि नेपाली दुतावास र इजरायलमा क्रियाशिल विभिन्न सामाजिक संघ–संस्थाहरुको समन्वमा विभिन्न कार्यक्रमहरु गर्दै आएको पनि (एन. आर. एन. ए) इजरायलका सचिव चित्र बहादुर कार्कीले बताउनुभयो ।

 

Facebook Comments