२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धनप्रसाद पण्डित : इजरायलको राजदुतमा नियुक्त

धनप्रसाद पण्डित : इजरायलको राजदुतमा नियुक्त

२४ कात्तिक
लामो समयदेखि रिक्त रहेको इजरायलका लागि नेपालको आवासीय राजदुतमा प्रा.धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २१ गते बुधबार नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषदको सिफारिसमा पण्डितलाई राजदुतमा नियुक्त गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

यस अघिका राजदुत कान्ता रिजाललाइ नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । २०८१ साउन १४ मा बसेको मन्त्रिपरिषदको बैठकले इजरायल सहित अन्य १८ देशमा नयाँ राजदुत सिफारीस गर्ने क्रममा पण्डितलाइ इजरायलका लागि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिस पश्चात संसदीय सुनुवाइ समितिले सिफारीस पण्डितको विषयमा सुनुवाइ सकेर २०८१ असोज ३ गते नियुक्तिका लागि नाम अनुमोदन सहित राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । नेपालमा समय – समयमा फेरबदल भइरहने सत्ता समिकरण संगै विभिन्न देशका लागि नेपालको आवासीय राजदुतहरु पनि फेरबदल भइरहन्छ । नवनियुक्त राजदुत पण्डित वर्तमान सत्तासाझेदार दल नेपाली कांग्रेसको कोटाबाट राजदुतको लागि सिफारीसमा परेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।