पुष ७ धादिङ – अनेरास्ववियु धादिङले आफ्नो संगठन विस्तार अभियान अन्र्तगत “विद्यार्थीसँग अखिल कार्यक्रम” संचालन गरेको छ । अनेरास्ववियु धादिङले संचालन गरेको यस कार्यक्रमले धादिङ जिल्लामा रहेको १३७ वटा सामुदायिक तथा सरकारी विद्यालय र ९ वटा क्याम्पसहरुमा यो कार्यक्रम पु¥याउने अनेरास्ववियु धादिङका जिल्ला अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो ।

“विद्यार्थीसँग अखिल कार्यक्रम” मार्फत विद्यालयको शैक्षिक गुणस्तर, बालमैत्री तथा प्रविधिमैत्री विद्यालय, विद्यार्थीहरुको मनोविज्ञान र विद्यार्थीहरुको राजनीतिक चेतनास्तरको अवस्थाका विषयमा बुझ्न र बुझाउन यो कार्यक्रम आयोजना गरिएको हो । यसका साथै पछिल्लो समय युवा विद्यार्थीहरु विद्यार्थी संगठनमा संगठित हुन नसकेको र नयाँ पुस्ताका विद्यार्थीहरुमा विद्यार्थी संगठन भन्ने बित्तिकै बिरोध, तालाबन्दी गर्ने, बन्द हड्ताल गर्ने जस्ता नकारात्मक कुराहरुको भ्रम रहेको छ ।

यस्ता कुराहरुलाइ चिर्न र विद्यार्थीहरूको क्षमता तथा अभिरूचिलाइ अनेरास्ववियुले जोड्न यस कार्यक्रम प्रभावकारी हुने जनाएको छ । साथै अब नेपालको विद्यार्थी आन्दोलनमा नवीनता थप्ने र प्राज्ञिक विद्यार्थी संगठन निर्माणका लागि जिल्लामा रहेका सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियु पुग्ने र विद्यार्थीहरुलाइ संगठित गर्ने पनि अनेरास्ववियु धादिङले जनाएको छ ।

अनेरास्ववियु धादिङको संगठन विस्तार अभियान अन्तर्गत “विद्यार्थीसँग अखिल कार्यक्रम” लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनेरास्ववियु धादिङका अध्यक्ष क.श्याम लामाको संयोजकत्वमा विभिन्न समिति तथा उपसमितिहरु बनाएर कार्यक्रम अघि बढाएको छ । अहिले यो कार्यक्रम गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा रहेका शैक्षिक संस्थाहरुमा केन्द्रित रहेको छ ।

Facebook Comments