२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिद्धलेकको अमलटारमा एनएमबी लघुवित्त धादिङको कर्जा तथा वचत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

सिद्धलेकको अमलटारमा एनएमबी लघुवित्त धादिङको कर्जा तथा वचत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया


धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ अमलटारमा कर्जा तथा बचत ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनएमबी लघुबित्त बित्तीय संस्था लि.,शाखा कार्यालय नलाङ धादिङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

वित्तिय साक्षरता कार्यक्रम अन्र्तरगत सञ्चालन भएको ग्राहक संरक्षण कर्जा तथा बचत ब्यबस्थापनमा निहित जोखिम सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सम्पती तथा बचतमा हुने जोखीमलाई न्यूनिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा कर्जाको व्यवस्थापन, बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु, डिजिटल बैंकिङ, भुक्तानी, संस्थाको एमपासबुक, एसएमएस सेवा, यसको प्रयोग र यसका फाईदा लगायतका विषयमा एनएमबी लघुबित्त बित्तीय संस्था लि., शाखा कार्यालय नलाङ धादिङ शाखाका शाखा प्रमुख अर्जुन ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो ।

लघुवित्तले यस अघि जिल्लाको सिद्धलेक, नीलकण्ठ नरपालिकाको विभिन्न वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । १ हजार भन्दा बढि घरधुरीले सेवा लिँदै आएको यस लघुवित्तले जिल्लाको ज्वालामुखी, सिद्धलेक र नीलकण्ठ नगरपालिकालाई कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।