असोज १९ ।
सदरमुकाम धादिङवेशीं स्थित ३ वटा पसलमा गएराती चोरी भएको छ ।

धादिङवेशी पुछार बजार स्थित रहेको न्यू सवि सप्लायर्स, न्यू अन्जन सप्लायर्स र सदिक्षा मोटपार्टसमा चोरी भएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी श्यामकुमार महतोले बताउनुभयो ।

पसलको सामान चोरी नभएपनि नगद के कत्ती चोरी भएको भन्ने कुराको अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

Facebook Comments