२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फुर्केखोलामा बेली ब्रिज होइन, पक्की पुल निर्माणको तयारी भईरहेको छ : सांसद आशिका तामाङ

फुर्केखोलामा बेली ब्रिज होइन, पक्की पुल निर्माणको तयारी भईरहेको छ : सांसद आशिका तामाङ

फुर्केखोलाको पुलबारे चासो राख्दै प्रश्न गर्नेहरूलाई जवाफ दिँदै सांसद आशिका तामाङले अब बेली ब्रिज नभई पक्की पुल निर्माणको तयारी भइरहेको जानकारी दिनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले बेली ब्रिज राख्नका लागि उक्त पुल मापदण्डभित्र नपरेकाले उपयुक्त समयको प्रतीक्षामा रहेको बताउनुभएको हो। उहाँका अनुसार अहिले फुर्केखोलामा पक्की पुल निर्माणका लागि डिजाइन तयार गर्ने काम भइरहेको छ।

पुलबारे आफू मौन रहनुको कारण चासो नहुनु नभई दीर्घकालीन समाधानका रूपमा पक्की पुल निर्माणको तयारी रहेको उहाँले स्पष्ट पार्नुभएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल