नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सदस्य पदमा निर्वाचित २ जना गुरुङ पत्रकार सम्मानित भएका छन् ।

मंसिर २८ गते भएको महासंघको निर्वाचनमा आदिवासी जनजाति सदस्य पदमा निर्वाचित रेडियो धादिङ र धादिङ अपडेट डटकममा कार्यरत रेख बहादुर तमू र खुला सदस्य पदमा निर्वाचित निलकण्ठ एफएममा कार्यरत विनोद तमूलाई धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले ल्होसारको अवसरमा आयोजित शुभकामना आदन प्रदान एवंम् विविध सांस्कृतिक कार्यक्रमको अवसरमा सम्मान गरेको हो ।

मंसिर २८ गतेको निर्वाचनमा आदिवासी जनजाति तर्फ रेखबहादुर तमूले ४१ मत प्राप्त गर्दा उहाँका प्रत्यासी प्रेस सेन्टरका निर बहादुर तामाङलाई ३२ मत प्राप्त भएको थियो । यस्तै खुल्ला सदस्य तर्फ विनोद तमूले ५९ मत प्राप्त गर्दा उहाँका प्रत्यासी प्रेस सेन्टरका श्रीकृष्ण रिजालले १३ मत प्राप्त गर्नुभयो ।

संभवत : नेपाल पत्रकार महासंघको कार्य समितिमा तमूहरुको प्रतिनिधित्व यो पहिलो पटक हो । नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी बिजयी हुनुभएको छ ।

तमू (गुरुङ)हरुले यो वर्ष मुप्रि–ल्हो (गरुड) वर्गलाई विदाई गरि सप्रि–ल्हो (सर्प) वर्गलाई स्वागत गर्दै तमू ल्होसार पर्व मनाउँदैछन् ।



 

 

Facebook Comments