धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले तमू ल्होसारको अवसरमा शुभकामना आदन प्रदान एवंम विविध सांस्कृतिक कार्यक्रम काठमाण्डौं स्थित बुद्ध पाटी प्यालेसमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सन्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष आर.बी गुरुङको प्रमुख आतिथ्यता तथा धादिङ तमू समाज काठमाण्डौं उपत्यकाका संयोजक गोपाल गुरुङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गुरुङ गायिका पवित्रा गुरुङ, धादिङ तमू समाज काठमाण्डौं उपत्यका आमा समूह लगायतको सांगेतिक प्रस्तुती रहेको थियो ।

यस्तै जग्गा खरिदका लागि ५० हजार भन्दा माथि सहयोग गर्ने सहयोगी दाताहरुलाई ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । भने आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । काठमाण्डौंमा रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध धादिङका गुरुङहरु संगठित भएर स्थापित भएको यो संस्थाले छोटो समयमै विभिन्न सामाजिक कार्यत्रहरु गर्न सफल भएको छ । धादिङका मात्र नभई देशभरका गुरुङ समुदायमा परेको सुख दुखमा संस्थाले सहयोग गर्दै आईरहेको छ ।

घातक रोग मृगौला फेल, क्यानसर रोग जस्ता बिरामीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने एकता अस्तित्व, पहिचान समृद्धिको लागि धादिङका गुरुङहरु एकजुट हौं भन्ने नारालाई आत्मासाथ गर्दै संस्थाले जग्गा खरिद र भवन निर्माणको अभियान समेत सुरुवात गरेको छ ।

गुरुङ पत्रकार सम्मानित
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सदस्य पदमा निर्वाचित २ जना गुरुङ पत्रकार सम्मानित भएका छन् । मंसिर २८ गते भएको महासंघको निर्वाचनमा आदिवासी जनजाति सदस्य पदमा निर्वाचित रेडियो धादिङ र धादिङ अपडेट डटकममा कार्यरत रेख बहादुर गुरुङ र खुला सदस्यमा निर्वाचित निलकण्ठ एफएममा कार्यरत विनोद तमूलाई धादिङ तमू समाज काठमाण्डौं उपत्यकाले ल्होसारको अवसरमा आयोजित शुभकामना आदन प्रदान एवंम् विविध सांस्कृतिक कार्यक्रमको अवसरमा सम्मान गरेको हो ।

Facebook Comments