२०८३ कार्तिक ३०, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं रुविभ्याली गाउँ कार्यसमिति अध्यक्षमा आयुब गुरुङ चयन

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं रुविभ्याली गाउँ कार्यसमिति अध्यक्षमा आयुब गुरुङ चयन

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको रुविभ्याली गाउँपालिका स्तरिय पहिलो बैठक सम्पन्न भएको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर ६ रिचेतमा सम्पन्न भएको भेलाले ११ सदस्सिय नयाँ कार्य समिति गठन गरिएको छ ।

भेलाले अध्यक्षमा आयुब गुरुङ, उपाध्यक्षमा सविन गुरुङ, सचिवमा लाल प्रसाद गुरुङ, कोषाध्यक्षमा सलिना गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा बुद्धिमान गुरुङ, लाल बहादुर गुरुङ, उमेश गुरुङ, ओम बहादुरगुरुङ, सविना गुरुङ, उमा गुरुङ र जीवन गुरुङ रहनुभएको छ ।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको उपाध्यक्ष पृथ्वी गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेलामा वडा अध्यक्ष समिर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।