
धादिङको सदरमुकाम धादिङबेसीमा कौशी खेती तालिम सुरु भएको छ ।
नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले विहीबारदेखि तालिम सुरु गरेको हो । घरको छत प्रयोग गरि स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । खेतीपानी गर्ने जग्गाजमिन नभएकाहरुका लागि आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
तालिममा वडा नम्बर ३ का ४४ जना स्थानीयहरु सहभागी रहेका छन् । तालिममा सहभागीहरुलाई तालिम पश्चात कौशीखेतीका लागि आवश्यक सर सामान पनि वितरण गरिने वडा सदस्य सन्तोष थापाले बताउनुभयो ।