
असोज १९,काठमाडौ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आगामी आईतबारको लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको छलफलपछि आसोज २१ गते आईतबार सचिवालय बैठक बस्ने निर्णय गरेको हो । पार्टीको सबैभन्दा माथिल्लो निकाय सचिवालयमा दुई अध्यक्षसहित ९ सदस्यीय सचिवालय रहेको छ । पार्टी एकता पश्चात तल्लो तहसम्मको पार्टी संगठन एकिकरण,सरकार सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको हो । साथै पछिल्लो समय नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारका गतिविधिबारे सार्वजनिक रुपमा असन्तुष्टि र विरोध जनाएका छन् । पार्टीको आन्तरीक समस्या समाधान गर्न पनि सचिवालयको बैठक आह्वान गरिएको जनाएको छ ।