
नेशनल प्याब्सन धादिङ्कको अध्यक्षमा प्रयास रेग्मी चयन हुनुभएको छ ।
शनिबार धादिङबेसीमा सम्पन्न आठौ अधिवेशनले प्रयास रेग्मीको अध्यक्षतामा ७ सदस्सीय नेशनल प्याब्सन धादिङको नयाँ कार्य समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा अभिषेक बसौला, सचीवमा विजय खतिवडा, कोषाध्यक्षमा सिताराम महत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी र विशाल श्रेष्ठ चयन हुनुभएको छ । नव निर्वाचित अध्यक्ष प्रयास रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षक हरुको पेशागत क्षमता अभिवृद्धी तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा संस्था लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नव निर्वाचित अध्यक्ष न्यू किबो बोर्डिङ स्कूल धादिङबेसीका प्रिन्सिपल हुनुहुन्छ ।