२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इजरायलमा सोनाम ल्होछार सांस्कृतिक साँझ – २०२५, तामाङ कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुति रहने

इजरायलमा सोनाम ल्होछार सांस्कृतिक साँझ – २०२५, तामाङ कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुति रहने
सेयर गर्नुहोस्
०सेयर

माघ २६
इजरायल – नेपाल तामाङ घेदुङ, इजरायलले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) कोे पावन अवसरमा सोनाम ल्होछार सांस्कृतिक साँझ - २०२५ भव्य रुपमा मनाउने तयारी गरेको छ । कार्यक्रममा विशेष गरि तामाङ गायक तथा कलाकारहरु बिट्ट पाख्रिन तामाङ, गायिका छिरिङमा वाईबा तामाङ, गायक सतेन्द्र मोक्तान तामाङ, गायिका उस्मा राई र गायक पारस घिसिङ तामाङको विशेष साँस्कृतिक प्रस्तुति रहने नेपाल तामाङ घेदुङ, इजरायलले जनाएको छ । साथमा डान्सरहरु रन्जना ग्यावक तामाङ, सोनाम लोप्चन तामाङ र स्नेहा घिसिङ तामाङको प्रस्तुति रहनेछ । कार्यक्रममा तामाङ समुदायको प्रचलित र महत्वपूर्ण नाच म्हेन्दोमाया र तामाङ सेलोमा रमाउन सकिनेछ ।

१४ फेब्रुअरी शुक्रबारका दिन साँझ ७ बजे याद्खारुचिम –१५ तेलअभिवमा हुने सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५ मा बौद्ध धर्म विधिद्धारा पुजापाठ सहित आपसमा शुभकामना आदान — प्रदान गरिनेछ । कार्यक्रममा तामाङ समुदायको मौलिक खानाको परिकार सहितको रात्रीकालिन भोजन पनि हुनेछ । बौद्व धर्मवालम्विहरुले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) लाई एक विशेष राष्ट्रिय पर्वको साथै मौलिक, ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउने गर्दछन् ।

“तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं’’ भन्ने मुल नाराको साथ मनाउने सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५ मा नेपाली दुतावास इजरायलका महामहिम राजदुत प्रा.धन प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहने नेपाल तामाङ घेदुङ इजरायलले जनाएको छ । यो विशेष र महत्वपूर्ण राष्ट्रिय पर्वमा उपस्थितिको लागि इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायत इजरायलमा रहेका सम्पुर्ण नेपाली र नेपाली भाषीहरुलाइ निमन्त्रणा गरिएको छ ।

इजरायललाइ आफ्नो कर्मभूमी बनाई विभिन्न पेशामा रहेका तामाङ समुदायले तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।