२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

“तामाङ आन” पुस्तकको बिमोचन

“तामाङ आन” पुस्तकको बिमोचन

लाप्साङकर्पो हिमाल क्षेत्र ओरपर बसोबास गर्ने तामाङ समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” को शनिबार धादिङबेसीमा विमोचन गरिएको छ ।

खासगरि धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु बाबुराम फ्युवाले संकलन गरेर पुस्तक प्रकाशन गर्नु भएको हो । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, खनियाबास गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ लगायतले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्दै यसले तामाङको भाषा संस्कृति संरक्षण गर्न योगदान गर्ने बताउनुभयो ।

५२ पृष्ठको “तामाङ आन” उखान संग्रह पुस्तकमा १ सय ४८ ओटा उखान टुक्का लगायत यसको वर्णनहरु समेत उल्लेख गरिएको छ । उक्ति ठट्टा, रमाइलो, भोगाइ, जिवन यापन, संस्कृति र कामका बारेमा समूदायले भोग्दै भन्दै, सुन्दै आएका उखानहरु लोप हुनबाट बचाउनका लागि पहिलो पटक तामाङ, देवनागरिक, सम्भोटा र अंग्रेजी लिपि र तामाङ र अंग्रेजी भाषामा उखानहरुलाई संकलन गरेर पुस्तकाकार दिइएको धादिङको खनियाबास गाउँपालिका दार्खा निवासी लेखक बाबुराम फ्युवाले बताउनुभयो ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै टिप्पणीकारहरुले स्थानीय सरकारले भाषा संरक्षण गर्दै स्थानीइ पाठ्यक्रममा राख्न, यसलाई मुख्य शब्दको रुपमा भाषा विकास गर्न सघाउन आग्रह गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।