नेपाल पत्रकार महासंघ धादिङले  पत्रकारको हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रता लोकतन्त्रको पुर्ण उपभोगको आव्हान गर्दै विभिन्न निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले सदस्यता नविकरणका लागि सदस्यहरुलाई अनुरोध गरेको छ । सदस्यहरुले कार्यालयमा सम्पर्क गरेर नविकरण गर्न सक्नेछन् । सबै सदस्यको सदस्यता समय चैत मसान्तमा सकिँदै छ ।

नेपाल पत्रकार महासंघ, धादिङ शाखाको सूचना अधिकारीमा सन्तोषराज श्रेष्ठ, गुनासो सुन्ने अधिकारी मा बद्री अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फोकल पर्सन) अस्मिता पोखरेललाई तोकिएको निर्यण गरेको नेपाल पत्रकार महासंघका सूचना अधिकारी सन्तोषराज श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ स्थापना दिवसको अबसरमा धादिङ शाखाले चैत १६ गते संचारकर्मी संचार संस्थाहरुसंग अन्तर्कृया गर्ने कार्यक्रम तय गरेको छ । नेपाल पत्रकार महासंघको जिन्सि अभिलेख दुरुस्त नदेखिएकोले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिईएको छ ।

नेपाल पत्रकार महासंघको कार्यालय नियमित संचालन गर्न कर्मचारी नियुक्त गरिएको छ । नेपाल पत्रकार महासंघका संस्थापक सचिव तथा पुर्व अध्यक्ष राजेन्द्र प्रताप शाहको शालिक निर्माणका लागिसाझेदारी गर्न आब्हान समेत गरिएको छ ।

Facebook Comments