२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रयास नेपाल धादिङको २४ औं स्थापना दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

प्रयास नेपाल धादिङको २४ औं स्थापना दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

धादिङ जिल्लाको बिभिन्न गाउँपालिकाहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल,धादिङले बुधबार २४ औं दिवसको अवसरमा बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

सिद्धलेक गाउँपालिका वडा नं १ मा अवस्थित जलेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत ४५ जना बालबाललिकाहरुको लागि शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो । बिद्यालयमा भएको सामाग्री प्रदानकार्यक्रम बिद्यालयका प्रधानाध्यपक सहित शिक्षकहरु,प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ,उपाध्यक्ष उषा बिक,निबर्तमान अध्यक्ष रेष्टन कडेल, कार्यकारी निर्देशक दामोदर अर्याल प्रयास नेपाल धादिङका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

स्थापना दिवसको अवसरमा संस्थाले प्रेस बिज्ञप्ति जिल्लामा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संस्थाको स्थापना भए देखि हाल सम्म शिक्षा,संरक्षण,जिविकोपार्जन,बाल अधिकार,सुशासन, खानेपानी तथा सरसफाई लगायतका बिषयगत क्षेत्रमा केन्द्रित भई स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्य तथा विकास साझेदारसँग साझेदारीमा सामुदायिक विकासका कार्यहरु गर्दै आएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी गराउनु भएको थियो ।

संस्थाले हरेक कार्यक्रम तथा आफ्ना गतिविधीहरु संचालन गर्दा र सेवा प्रवाह गर्दा पारदर्शिता, जवाफदेहिता, बिश्वसनियता र संस्थामा सुशासन र जसको सवाल उसको सहभागीताका पक्षहरुमा बिशेष ख्याल गर्ने गरेको अध्यक्ष विर बहादुर श्रेष्ठले बताउनु भयो । स्थापना दिवसको अवसरमा २४ बर्ष सम्म संस्थालाई साथ सहयोग, सल्लाह, सहकार्य गर्ने व्यक्ति,स्थानीय तह,सरकारी कार्यालय,संचारकर्मी तथा संचारगृहलाई र विकास साझेदार संस्थाहरु,लक्षित बर्गलाई धन्यावाद ज्ञापन गरिएको सदस्य रुपा कट्टेल जानकारी दिनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।